अविरल वर्षासँगै परासी जलमग्न, २ सय बढी घर डुबान

सफल खबर संवाददाता

शुक्रबार, ११ भदौ २०७८, ११ : ०४
अविरल वर्षासँगै परासी जलमग्न, २ सय बढी घर डुबान

काठमाडौं । अविरल वर्षासँगै पश्चिम नवलपरासीको परासी बजार जलमग्न भएको छ । नवलपरासीको सदरमुकाम परासी बजार पुरै जलमग्न भएको छ । बजारकै धेरै घरहरू आधाभन्दा बढी डुबेका छन् ।

घर डुबानका कारण धेरै मानिस घरको छतमा बसेका छन् । परासी हुँदै बगेको झरही नदीमा र रावण खन्डा खोलाको आएको बाढी बजारमा पस्दा डुबान भएको हो ।

बजारका २०० बढी घरहरू डुबानमा परेका छन् । डुबानले परासी बजारका रामग्राम नगरपालिका–१ को सहुवाटिकर, वडा नम्बर २ को मस्जिद टोल, हाटबजार टोल, ३ को संगम टोल, मालटोल, लोकतान्त्रिक टोल, ५ को प्रशासन टोल ड्राइभ टोल, इमली टोल, बुद्ध चोक टोल र ६ को पोखरापाली टोल पूरै डुबेको छ । 

प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले बजारसहित सरकारी कार्यालयहरू पनि धेरै डुबानमा परेको बताए । बाढीको भेल पसेसंगै राहत तथा उद्धारमा सेना र प्रहरी खटिएका छन् । 

प्रतिक्रिया दिनुहोस