झापा । अविरल वर्षापछि आएको बाढीले झापाका विभिन्न स्थानमा क्षति पुर्याएको छ । खासगरी दक्षिणी झापामा बाढीले धेरै असर गरेको छ ।बाढीले कतै सडक अवरुद्ध गरेको छ भने कतै पहिरोले घर बगाएको छ । दक्षिणी झापाका धेरै स्थान डुबानमा पर्दा सयौँ नागरिक विस्थापित भएको जिल्लास्थित सुरक्षा अधिकारीहरूले बताएका छन् ।
मंगलबार बिहान आएको बाढीले झापाको कचनकवल गाउँपालिका–५ खुट्टागञ्जमा डुबान भएको छ । कच्ची घरमा पाँच फिटसम्म डुबान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो स्थानको श्रीमलादेवी राजवंशी, कार्तिक राजवंशी, संजय राजवंशी, कुञ्जी राजवंशीको घर डुबान भएपछि उनीहरू विस्थापित भएका छन् ।
उनीहरू सोही स्थानका प्रभा राजवंशीको घरमा आश्रय लिएको बसेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । यसैगरी बिर्तामोड–चन्द्रगढी सडकमा बिजुलीको १० वटा पोल ढलेका छन् । बिजुलीको दुई वटा पोलले कृष्ण श्रेष्ठ र नारायण श्रेष्ठको घरमा क्षति पुर्याएको छ ।
बिजुलीको पोल ढल्दा त्यहाँ लगाएको पाँचवटा सीसी क्यामेरामा क्षति पुगेको छ भने त्यस स्थानमा विद्युत् र इन्टरनेट सेवासमेत अवरुद्ध भएको स्थानीय अनुप सापकोटाले जानकारी दिए ।
यसैगरी अर्जुनधारा–१ खुदुनाबारीमा बाढीले खानेपानीमा क्षति पुर्याएको छ । सोही स्थानको राते भन्ने ठाउँमा बाढी बस्तीमा पस्दा १० घर डुबानमा परेको नेपाल रेडक्रस सोसाइटी झापाका लोकराज ढकालले जानकारी दिए ।
उनले सोही स्थानमा पहिरोका कारण लाप्चेटार–सहकाले जाने सडक पूर्णरुपमा अवरुद्ध भएको उनले बताए । लाप्चेटारमा आएको पहिरोले स्थानीय पुष्पा समालको घर पुरेको छ । उनलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको ढकालले बताए ।
यसैगरी सोही स्थानमा गोयाङ र टाङटिङ खोलाले बस्तीतिर कटान सुरु गरेको ढकालले जानकारी दिए । यस्तै अर्जुनधाराकै सुखानी खोलामा रहेको कज्वे बाढीले बगाउँदा मदन भण्डारी राजमार्गमा यातायात अवरुद्ध भएको ढकालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ असार २०८१, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा पुगेर प्रचण्डले खाए केराको पातमा मासुभात
झापामा ९३७ मेट्रिक टन कोदो उत्पादन
झापामा धानको समर्थन मूल्य तोकियो, खाद्य कम्पनी ५० हजार क्विन्टल धान खरिद गर्दै
झापामा विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो
बिर्तामोडका ४ घरमा हात्तीले क्षति पुर्यायो
तटबन्ध नहुँदा झापाका सन्थाल बस्ती डुबानको जोखिममा