काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक बिहीबार दिउँसो ३ बजे बस्नेगरी बोलाइएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले केही महत्वपूर्ण राजनीतिक नियुक्तिको निर्णय गर्ने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।
स्रोतका अनुसार बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्ति गर्ने सम्भावना छ । त्यस्तै केही राजदूतहरुका बारेमा समेत छलफल र निर्णय हुनसक्ने बताइएको छ । यसअघि देउवा सरकारले वागमती प्रदेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० भदौ २०७८, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरवारमा मन्त्रिपरिषदको बैठक सुरू
मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक