एसिड पिडित साहलाई प्रदेश २ सरकारले गर्यो ५ लाख आर्थिक सहयोग

सफल खबर संवाददाता

विहीबार, १० भदौ २०७८, १० : ३८
एसिड पिडित साहलाई प्रदेश २ सरकारले गर्यो ५ लाख आर्थिक सहयोग

जनकपुरधाम । एसिड पीडित आरती साहलाई प्रदेश २ सरकारले पाँच लाख आर्थिक सहयोग गरेको छ ।  मुख्यमन्त्री लालबाबु राउतले पिडित साहलाई उक्त रकम बराबरको चेक आज हस्तान्तरण गरेका छन् ।

साह श्रीमानबाटै साह एसिड पीडित भएपछि प्रदेश सरकारले ५ लाख रुपैयाँ राहत दिने घोषणा गरेका थिए। सोही घोषणा अनुसार बिहीबार मुख्यमन्त्री राउतले पाँच लाखको चेक हस्तान्तरण गरेका हुन्। एसिड प्रहार गरेका उनका पति कारागारमा सजाय भोगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस