काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नर्भिक अस्पताल पुगेका छन् । पार्टीका नेता कृष्ण केसीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिन सोमबार साँझ प्रचण्ड थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका हुन् ।
माओवादीका नेता कृष्ण केसीको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न प्रचण्ड स्वकीय सचिव (छोरी) गंगा दाहालसहित अस्पताल पुगेका थिए । त्यहाँ उनले केसीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग समेत कुरा गरेका थिए ।
नेता केसीसँग समेत कुरा गरी करिब १५ मिनेट अस्पताल बसेर उनी बाहिरिएका थिए ।
माओवादीका युवा नेता केसीलाई घाँटीमा घाउ देखिएपछि अगस्ट ४ मा नर्भिक अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको छातिमा समेत सामान्य समस्या देखिएको छ । अवस्था अहिले समान्य रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ साउन २०७८, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो : प्रचण्ड
सबै माओवादी घटकहरु एकतावद्ध हुनुको विकल्प छैन : प्रचण्ड
आगामी निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उद्देश्यले अघि बढ्नुपर्छ : प्रचण्ड
राष्ट्रिय विकास परिषद् बैठक होटलमा राखेको भन्दै प्रधानमन्त्रीले जनाए असन्तुष्टि
प्रधानमन्त्रीद्वारा युवा तथा सामाजिक विकास विज्ञमा विश्वदीप पाण्डे नियुक्त