एक दिन बैठक सार्दैमा एमाले एकता होला ?

सफल खबर संवाददाता

आइतबार, २४ साउन २०७८, १० : २८
एक दिन बैठक सार्दैमा एमाले एकता होला ?

काठमाडौँ । नेकपा एमाले माधव नेपालपक्षीय केन्द्रीय कमिटी बैठकले आफूहरूलाई एकताबद्ध बनाउने हो भने साउन २४ गतेका लागि तोकिएको केन्द्रीय कमिटी बैठक रोक्न चेतावनी दिएको थियो।

एमाले ओली पक्षले जम्मा एक दिनलाई मात्र बैठक सारेको छ । एक दिन बैठक सार्दैमा माधव नेपाल पक्ष एमाले एकतामा आउलान् त, थप प्रश्न व्यूतिएको छ । नेकपा एमालेले आज आइतबार बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक भोलि सोमबारका लागि सारेको छ। 

अब बैठक सोमबार दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

उनीहरूकै आग्रहबमोजिम बैठक भोलिलाई सारिएको कार्यालय सचिव तामाङ बताउँछन् । १० बुँदे समझदारीपत्र तयार भएयता हरेक बैठकमा सबै नेतालाई निमन्त्रणा गर्ने गरिएको पनि उनले जानकारी दिए। 

केन्द्रीय कमिटी बैठक बस्नुअघि सोमबारै बिहान ११ बजे स्थायी कमिटी बैठक पनि बस्ने जानकारी पनि कार्यालय सचिव तामाङले दिए।  

प्रतिक्रिया दिनुहोस