काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू अझै पनि पार्टी एकताकै पक्षमा रहेको स्पष्ट पारेका छन् । आफ्नो समूहको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै उनले अध्यक्ष केपी ओलीले आफूलाई जति गाली गरेपछि एकताबाट पछि नहट्ने बताए ।
एमाले स्थायी समिति सदस्य रघुजी पन्तका अनुसार नेता नेपालले आफ्नो पक्षका नेताहरुलाई संयमित र जिम्मेवार बन्न सुझाएका थिए ।
नेपाललाई उद्धृत गर्दै पन्तले भने, ‘हामीले जति आलोचना गर्दा पनि संयमित र जिम्मेवार हुन छोड्नु हुन्न । एकताबद्ध भएर प्रस्तुत हुनुपर्छ । ओलीले जति गाली गरे पनि एकता प्रयास जारी राख्नेछु ।’
नेपालले ओलीले एकताका नाममा अल्मल्याउन खोजेकोप्रति भने सचेत रहनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ साउन २०७८, १७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार संरक्षण गर्नुपर्छ : माधव नेपाल
सामाजिक सद्भाव कायम गर्न छठ महत्त्वपूर्ण : माधव नेपाल
अध्यक्ष नेपाल नेतृत्वको प्रतिनिधिमण्डल भेनेजुयला प्रस्थान
महाधिवेशनमा हारेकाले फुटको हल्ला चलाए, पार्टी एकढिक्का छ : माधवकुमार नेपाल
विश्वविद्यालयहरुले समयसीमा भित्र रहेर शैक्षिक कार्यक्रमहरु तय गर्नुपर्छ : माधव नेपाल
सिंहदरबारमा प्रचण्ड र माधव नेपालबिच भेटवार्ता