चितवनमा आइतबारदेखि भेरोसेलको दोस्रो डोज लगाइने

सफल खबर संवाददाता

शुक्रबार, २२ साउन २०७८, १६ : ०७
चितवनमा आइतबारदेखि भेरोसेलको दोस्रो डोज लगाइने

चितवन । चितवनमा भेरोसेलको पहिलो खोप लगाउनेहरुलाई दोस्रो डोजको खोप पनि लगाइने भएको छ । 

आइतबारदेखि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

स्वास्थ्य कार्यालय चितवनले आज शुक्रबार सूचना जारी गर्दै भेरोसेल खोपको पहिलो डोज लगाइसकेकाले दोस्रो डोज लगाउन कार्ड र परिचयपत्र अनिवार्य लिएर आउन आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस