काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले हिँडिरहेको मार्गबाट मुलुक शान्ति, स्थायित्व र समृद्धितर्फ नजाने र त्यसको निम्ति वैकल्पिक मार्ग आवश्यक भएको बताएका छन्।
पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको भर्चुअल बैठकमा बोल्दै अध्यक्ष थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाइदिएको बताए।नेपालको राष्ट्रिय राजनीतिमा राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गराउने भन्दै थापाले गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विकल्पमा राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र र स्थानीय स्वायत्त शासनमा आधारित विकेन्द्रीत शासन प्रणाली मुलुकको निम्ति आवश्यक भएको दाबी गरे।
स्पष्ट विचार र अलग पहिचान स्थापित गर्न लागिपरेका सिद्धान्त निष्ठ नेता र कार्यकर्ता पार्टीको पुँजी भएको भन्दै थापाले इमानदारीतापूर्वक निर्वाचन केन्द्रित हुन कार्यकर्ताहरुलाई आग्रह गरे।
विदेशी हस्तक्षेप र प्रभावलाई रोक्न स्वाधिनताको रक्षाको निमित्त राप्रपा बलियो हुन अपरिहार्य भएको थापाको तर्क थियो। आजको भर्चुअल बैठकमा गण्डकीसहित प्रदेश लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला अध्यक्षहरुको सहभागीता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० साउन २०७८, १८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ : कमल थापा
राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बनाएरै छाड्छु : कमल थापा
कमजोर भएर पार्टी एकताको प्रस्ताव गरेको होइन : कमल थापा
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?
राप्रपाको केन्द्रीय समिति बैठक भोलि बस्दै
यथार्थतालाई बङ्ग्याएर गणतन्त्रको दुहाई दिनु वीपीको अपमान हो : कमल थापा