कोरोना अपडेट : एकैदिन थपिए ४ हजार १ सय ७ जना कोरोना संक्रमित, ३५ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २० साउन २०७८, १६ : ३५
कोरोना अपडेट : एकैदिन थपिए ४ हजार १ सय ७ जना कोरोना संक्रमित, ३५ जनाको मृत्यु

काठमाडौँ  । नेपालमा पछिल्लो चौबीस घन्टामा थप ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ३५४ पीसीआर परीक्षण गर्दा २ हजार ९७५ जना र ४ हजार ९४४ एन्टिजेन परीक्षण गर्दा १ हजार १३२ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा देशभर ३५ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ९५७ पुगेको छ।

देशभर हालसम्म ३३ हजार ४६४ सक्रिय संक्रमित छन्। बुधबार १ हजार ५३५ जना संक्रमणमुक्त भएका छन्।