थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि , २४ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १९ साउन २०७८, १७ : ५०
थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि , २४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६३८ पीसीआर परीक्षण गर्दा २ हजार ४४८ जना र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ९२२ पुगेको छ।

देशभर हालसम्म ३२ हजार ५९ जना सक्रिय संक्रमित छन्। मंगलबार १ हजार ९९४ जना संक्रमणमुक्त भएका छन्।