पछिल्लो २४ घण्टामा ३ हजार १ सय संक्रमित थपिए, २३ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १८ साउन २०७८, १७ : ०६
पछिल्लो २४ घण्टामा ३ हजार १ सय संक्रमित थपिए, २३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३ हजार १ सय २५ नयाँ संक्रमित थपिएका छन् । जसमध्ये १३ हजार ८ सय ११ नमुना (३ हजार १ सय ९८ एन्टिजेन र १० हजार ६ सय १३ पिसिआर) परिक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोमबार थप २३ जनाले कोभिड संक्रमणबाट ज्यान गुमाएका छन् भने १९ सय २५ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस