काठमाडौं । नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ ।
च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकले महाधिवेशनलाई व्यवस्थित गर्न कार्यदलहरू गठन गरेको छ । राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली र सङ्गठनात्मक प्रतिवेदन तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन भएको प्रवक्ता प्रदीप ज्ञवलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बैठकले पार्टीका नेता रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ । सो प्रस्तावलाई अन्तिम रूप दिन र आवश्यक निर्णय गर्न पार्टीको केन्द्रीय कमिटी बैठक आगामी साता बस्ने भएको छ ।
बैठकले असोजको पहिलो साता देशभरका सबै वडामा वडा अधिवेशन र दोस्रो साता सबै पालिकामा पालिका कमिटी अधिवेशन गर्ने निर्णय गरेको छ ।
बैठकले दार्चुलामा महाकाली नदी पार गर्ने क्रममा जयसिंह धामी बेपत्ता भएको घटनाको विरोध जनाउँदै सो घटनाका सत्यतथ्य प्रस्तुत गर्न, भारतीय पक्षसँग जानकारी माग्न, दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १७ साउन २०७८, २१ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको महाधिवेशन वैशाखमा नहुने
प्रेस चौतारीको १० औं केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु
वैद्यको क्रान्तिकारी कम्युनिष्ट पार्टीको महाधिवेशन सुरु
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन तयारी अन्तिम चरणमा, बिहीबार भूगोल पार्कमा उद्घाटन हुने
अखिल क्रान्तिकारीको महाधिवेशन: आज बन्दसत्र, आइतबार नेतृत्व चयनका लागि निर्वाचन
नेकपा एसको महाधिवेशनमा विप्लवदेखि सीकेसम्म अतिथि, एमालेले गर्यो बहिष्कार