भक्तपुर अस्पतालमा एकैदिन तीन कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १७ साउन २०७८, १५ : ३०
भक्तपुर अस्पतालमा एकैदिन तीन कोरोना संक्रमितको मृत्यु

काठमाडौं । भक्तपुर अस्पतालमा केही घन्टा फरकमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुमित्रा गौतमका अनुसार गएरातिबाट दिउँसोसम्म अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएको हो । 

मृत्यु हुनेमा भक्तपुर नगरपालिकाका  ७८ वर्षका एक र भक्तपुर सूर्यविनायक नगरपालिका वडा १० का  ५६ वर्षका अर्का एक पुरुष रहेका छन् ।

त्यसैगरि मृत्यु हुनेमा भक्तपुर चाँगुनारायण, ५ कि एक ५५ वर्षकी महिला समेत रहेकी छन् । 

प्रतिक्रिया दिनुहोस