काठमाडौँ उपत्यकामा थप ७ सय ७५ जनामा कोरोना पुष्टि

सफल खबर संवाददाता

शनिबार, १६ साउन २०७८, १७ : ३२
काठमाडौँ उपत्यकामा थप ७ सय ७५ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७७५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५१७, भक्तपुरमा ९४ र ललितपुरमा १६४ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो चौबीस घन्टामा देशभर ३ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३ जनाको मृत्यु भएको छ।

देशभर हालसम्म ३१ हजार ३५५ जना सक्रिय संक्रमित छन्। शनिबार १ हजार ९१६ जना संक्रमणमुक्त भएका छन्।