काठमाडौं । निर्माणाधिन काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको एक किलोमिटर सुरुङ निर्माण कार्य सकिएको छ । २.६८ किलोमिटर लम्बाइको सुरुङमध्ये मंगलबारसम्म काठमाडौं र धादिङतर्फ ९ सय ९८ मिटर सुरुङ निर्माण पूरा भएको हो ।
गत वर्षको ७ पुसबाट सुरुङ छेड्ने काम सुरु भएको थियो । ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।
लम्बाइ २.६८ किमी, चौडाइ ३.५ किमी, दुवैतर्फ ०.५ मिटर पानी बगाउने नाली, एप्रोच मार्ग, पूर्व लम्बाइ २.३२ किमी निर्माण हुनेछ । २४ सै घण्टा करिब ६ सय ५० प्राविधिक जनशक्ति सहितको टोलीले सातामा ६ दिन सुरुङमार्ग खन्ने काम भैरहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १३ साउन २०७८, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरमा सुरुङ बनाइ चोरी गर्ने 'ग्याङ'का एकजना पक्राउ
सुनकोसी मरिण डाइभर्सनः वैशाख २६ गते ब्रेक थ्रुको तयारी