एकता प्रकृयामा परेको गाठो ! दुई पार्टीलाई गाठो फुकाउन सकस

शुक्रबार, ३० चैत्र २०७४, १३ : ५८
एकता प्रकृयामा परेको गाठो ! दुई  पार्टीलाई गाठो फुकाउन सकस

काठमाण्डौँ । वैशाख ९ गते पार्टी एकता गर्ने मिति तय गरिएको छ । अब त्यो दिन आउन ९ दिन मात्रै बाँकी छ । पार्टी एकतालाई निष्र्कषमा पुर्याउन नकेपा(एमाले) र नेकपा (माओवादी केन्द्र)ले आवश्यक तयारी गरेको ताएपनि प्रक्रिया अगाडि बढन सकेको छैन ।

विशेष गरी पछिल्लो दिनमा पार्टी एकता संयोजन समितिमा तीन वटा फरक विषय बढी चर्चा र विवादमा रहेको छ । एकीकृत पार्टीको चुनाव चिन्ह के हुने भन्नेबारेमा सहमति हुन सकेको छैन । एमालेले पार्टीले लिदै आएको सूर्य चिन्ह जनतामा स्थापित भएको भन्दै त्यसमा तलमाथि गर्न मानेको छैन । उसले एकताको भावलाई भन्दा पनि आफ्नो लिडे ढिपीलाई कायम राखेको छ ।

माओवादी केन्द्रले आफूले लिदै आएको गोलाकार भित्रको हसिया हथौडालाई सूर्य चिन्ह भित्र राखेर एकताको एकीकृत भावलाई जोड्नुपर्ने तर्क गर्दै आएको छ । सोही विषयमा एमाले र माओवादीबीचमा कुरा मिल्न सकेको छैन । नेपालको राजनीतिक परिवर्तनको प्रमुख आधारको रुपमा रहेको जनयुद्धलाई एमालले हालसम्म स्वीकार गरेको छैन । जसका कारण पनि एकता प्रक्रियाले गति लिन सकेको छैन । माओवादीले २०२८ सालको झापा विद्रोहलाई समेत एकीकृत पार्टीले स्वामित्व लिने भएकाले जनयुद्धलाई पनि स्वामित्व लिनुपर्नेमा जोड दिएको छ । नेपालको राजनीतिक इतिहासमा जनयुद्धको भूमिका र त्यसमा भएको बलिदानलाई कोही कसैले पनि नजर अन्दाज गर्ने अवस्था रहेको छैन । नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा जनयुद्धले पु¥याएको योगदानलाई अस्वीकार गरेर एकता प्रक्रिया अगाडि बढ्न नसक्ने ठहर माओवादीको छ । उसले एमाले पनि नहुने र माओवादी पनि नहुने अवस्थामा इतिहासलाई संरक्षण गरेर जाने विषयमा विवाद गर्नुको कुनै तुक नरहेको दावी गर्दै आएको छ ।

जनयुद्धका विषयमा एमाले सहमत हुने अवस्था रहेपनि एमालले सम्मानजनक एकताको पक्षमा आफूलाई उभ्याउन सकेको छैन । एमालले माओवादी केन्द्र मिसिन आएको जस्तो गरी व्यवहार गरेको माओवादी केन्द्रका नेताहरुको भनाइ छ । माओवादी केन्द्रले नेपालको दुई धाराका कम्युनिस्ट पार्टीको एकता भएकाले त्यसलाई सोही आधारमा अन्तिम निष्कर्ष दिने गरी काम गर्नुपर्नेमा जोड दिएको छ ।  नेपालको कम्युनिस्ट आन्दोलनमा एमालले शान्तिपूर्ण संघर्ष र माओवादीले सुरु गरेको सशस्त्र संघर्षको कूल जोडमा मात्रै नेपालमा गणतन्त्र स्थापना भएको, त्यसलाई संघीय लोकतान्त्रिक गणतन्त्रसमम लैजान सफल भएको भन्दै जनयुद्धलाई विशेष रुपमा सम्बोधन गर्नुपर्नेमा जोड दिएको भएपनि एमालेले त्यसलाई आत्मसात गर्न चाहिरहेको छैन । पछिल्ला दिनमा एकताका विषयमा छलफल समेत हुन छाडेका छन् ।

यस्तै दुई पार्टीबीच एकता हुन लागेकाले सम्मानजनक विषय पनि एकताको कार्यसूची हुनु जरुरी देखिएको छ । एमालेका तर्फबाट भने माओवादी केन्द्रलाई मात्रै ४० प्रतिशतको हाराहारमिा मात्रै दिन सकिने भनिएको छ । यो विषयले बनीसकेको सहमति समेत भत्कने भएकाले अराजनीतिक तर्क नगर्न र व्यवहारिक रुपमा नै एकता प्रक्रियालाई अगाडि बढाउनुपर्ने आवश्यकता देखिएको छ । दुई समूहबीचको एकतामा दुवै पार्टीका नेता तथा कार्यकर्ताले सम्मान महसुस गर्नुपर्ने र एकताका लागि तयार गराउन पनि सम्मानजनक एकताको विषय प्रवेश गराइएको हो ।

प्रतिक्रिया दिनुहोस