काठमाडौं । कोरोनाका कारण थलिएको फिल्म क्षेत्रलाई चलायमान गराउन सरकारले सहयोग गर्ने भएको छ । बिहिबार कलाकर्मीसँगको प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त आश्वासन दिएका हुन् ।
नेपाली कांग्रेसको भातृ संगठन सांस्कृतिक संघको नेृतृत्वमा करिब ५ दर्जन बढी कलाकर्मी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उक्त अवसरमा फिल्मकर्मीले लकडाउन र निषेधाज्ञाले कलाक्षेत्रमा धरासायी बनेको, फिल्म हलहरु लामो समयदेखि बन्द र कलाकारहरु कामविहिन भएको जानकारी गराउदै कलाक्षेत्र पहिलेको अवस्थामा फर्काउन सरकारको सहयोगको खाचो रहेको माग गरेका थिए ।
प्रधानमन्त्रीसँगको भेटमा नेपाल संस्कृतिक संघका तर्फबाट अध्यक्ष तीर्थ थापाले प्रधानमन्त्री देउवालाई सम्मान पत्रसमेत प्रदान गरेका थिए ।
‘कार्यक्रममा हामीले कलाकारको लागि कोरोनाविरुद्धको खोपको माग समेत राखेका थियौ’ नेपाल संस्कृतिक संघका महामन्त्री रोशनी केसीले भनिन् ‘प्रधानमन्त्री कलाकर्मीका लागि सरकारले चाँडै खोपको व्यवस्था समेत गर्ने बताउनु भएको छ ।’
कार्यक्रममा संघका महामन्त्री शिवशंकर रिजालले प्रधानमन्त्रीको राष्ट्रिय भ्रमणमा कलाकारलाई पनि सहभागी गराउनु अनुरोध गरेका थिए । उक्त अवसरमा प्रधानमन्त्री देउवाले आफ्नो राष्ट्रिय भ्रमणमा कलाकारलाई समेट्ने समेत वचन दिएका थिए ।
कार्यक्रममा नेपाल संस्कृतिक संघका अध्यक्ष तीर्थ थापा, महामन्त्री शिवशंकर रिजाल ‘जोगिन्दर’, रोशनी केसी, कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, उपाध्यक्ष प्रवक्ता मोहन निरौला, अभिनेता भुवन केसी, सितल केसी, गोपाल ढकाल ‘छन्दे’, गोपालकाजी कायस्थ, नरेश पौडेललगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ साउन २०७८, १३ : ०३
लेखकबाट थप