स्पष्टीकरण सोध्ने कामले एकतामा भाँजो हाल्छ, यसको कुनै अर्थ छैन : माधव समुह

सफल खबर संवाददाता

बुधबार, ०६ साउन २०७८, १६ : ४५
स्पष्टीकरण सोध्ने कामले एकतामा भाँजो हाल्छ, यसको कुनै अर्थ छैन : माधव समुह

काठमाडौं । एमाले नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले एमाले पार्टी एकतामा जोड दिएको छ । काठमाडौंको बुद्धनगरमा बसेको बैठकमा भएको छलफलमा पार्टी एकतामा जोड दिएको स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी दिए । 

‘एकता प्रक्रिया अगाडी बढाउनुपर्छ र एकतामा जोड दिनुपर्छ भन्ने सवैको भनाई रह्यो’, बेठकपछि पन्तले बैठकले एकता वार्ता चलिरहेको र १० बुँदे प्रस्ताव तयार पारेको बेलामा स्पस्टीकरण सोध्ने र बरिष्ठ नेता माधव कुमार नेपालविरुद्ध पुत्ला जलाउने लगायतका विषय तत्काल रोक्न प्रस्ताव पास गरेको छ । ‘स्पस्टीकरण सोध्ने कामले एकतामा भाँजो हाल्छ । यसको कुनै अर्थ छैन’, माधव पक्षले भनेको छ । 

अदालतको फैसलामा सांसदको विवेक प्रयोग गर्न पाउने भनेकाले स्पस्टीकरणको अर्थ नभएको नेता पन्तले जानकारी दिए । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिएको भन्दै नेता नेपालसहित २२ जनालाई स्पस्टीकरण सोधेको थियो । माधव पक्षको बैठक बसिरहेका बेला नेताहरुलाई स्पष्टीकरणकोे पत्र पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस