नेकपा एमाले माधव समूहको बैठक सुरु

सफल खबर संवाददाता

बुधबार, ०६ साउन २०७८, १२ : ४५
नेकपा एमाले माधव समूहको बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको माधव कुमार नेपाल समूहका नेताहरुको बैठक सुरु भएको छ। भचुर्अल माध्यमद्वारा बैठक बसेको हो।

यो बैठकमा विघटित पार्टी एकता कार्यदलका सदस्यहरुसहित नेपाल पक्षका सबै नेताहरु सहभागी छन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेरनदिने आफ्नो समूहका सबै नेताहरुलाई नेता नेपालले बैठकमा डाकेका छन्।

प्रतिक्रिया दिनुहोस