अध्यक्ष प्रचण्डद्वारा बकर इदको उपलक्ष्यमा शुभकामना व्यक्त

सफल खबर संवाददाता

बुधबार, ०६ साउन २०७८, ११ : १५
अध्यक्ष प्रचण्डद्वारा बकर इदको उपलक्ष्यमा शुभकामना व्यक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको महत्वपूर्ण पर्व बकर इद २०७८ को उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गरेका छन् । 

शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले मुस्लिम समुदायको महान् पर्व बकर इद्का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका हुन् । 

उनले सन्देशमा भनेका छन्, ‘ नेपाल भौगोलिक तथा सांस्कृतिक विविधताले भरिएको देश हो । विविध भाषा, धर्म, कला, साहित्य, परम्परा, चालचलन, मान्यता, चाड पर्व वा संस्कारको अस्तित्व, मान्यता एवं सम्मानको अवस्था नै सांस्कृतिक विविधता हो ।’

सन्देशमा अध्यक्ष प्रचण्डले वर्षौंदेखि नेपाली समाजले आफ्नो छुट्टै पहिचानका रुपमा अभ्यास गर्दै आएको सामाजिक व्यवस्था बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक  विशेषताका कारण नेपाल एक अविभाज्य र सार्वभौम राष्ट्र बन्न सफल भएको भन्दै आजको दिन समुदायको कटौति भएको अधिकारको पुनर्वहालीको अवसरका रुपमा मनाउन आग्रह गरेका छन् । 

सन्देशमा भनिएको छ, ‘वर्षौंदेखि नेपाली समाजले आफ्नो छुट्टै पहिचानका रुपमा अभ्यास गर्दै आएको सामाजिक व्यवस्था बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक हो । नेपालीहरुको यही विशेषताका कारण नेपाल एक अविभाज्य र सार्वभौम राष्ट्र बन्न सफल भएको हो । नेपाली समाजको यही विशेषता र एकताको बलमा नेपालमा ठूलाठूला राजनैतिक र सामाजिक परिवर्तनहरु भए । समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीहरुमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीहरुबाट हमला गर्ने काम भए । आजको दिन समुदायको कटौति भएको अधिकारको पुनर्वहालीको अवसरका रुपमा मनाउन आग्रह गर्दछु ।’

अध्यक्ष प्रचण्डले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरुको पालना गर्दै सुरक्षित रही बकर इद मनाउन आग्रह समेत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस