काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘झाँक्री’ प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा ज्यान गुमाएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने घोषणा गरेका छन् ।
मंगलबार प्रचण्डको सचिवालयले यसबारे जानकारी दिएको छ । कागेश्वरी मनोहरा नगरपालिका(२, आलापोटका ३८ वर्षीय नारायण नगरकोटी र उनकी जीवन संगिनी ३२ वर्षीया सानुमाया नगरकोटीको घरमै पुगेर प्रचण्डले पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
उनले नगरकोटी दम्पतीका दुई छोरी गरिमा र अनु नगकोटीको अभिभावक बनेर परिवारको दुःखमा पार्टी र आफू सँगै रहने प्रचण्डले बताएका छन् ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, ‘अध्यक्ष क। प्रचण्ड हिजो (सोमबार) बेलुकी कागेश्वरी मनोहरा(२, आलापोट पुग्नुभयो । झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा ज्यान गुमाउनु भएका ३८ वर्षीय नारायण नगरकोटी र उहाँकी जीवन संगिनी ३२ वर्षीया सानुमाया नगरकोटीलाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा समवेदना प्रकट गर्नुभयो, उहाँले कीर्तिशेष नारायण र सानुमायाका दुई छोरी गरिमा र अनु नगकोटी नानीहरूको अभिभावक बनेर परिवारको दुःखमा पार्टी र आफू सँगै रहने बताउनुभयो ।’
गत कात्तिक २८ गते शंखरापुर नगरपालिका(९, साँखु(थली सडकखण्डमा भुजेलले चलाएको बा १९ च २६९५ नम्बरको गाडीले बा प्र ०२–०१८ प ६८७५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको थियो । भुजेल हाल प्रहरी हिरासतमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ मंसिर २०८१, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशासन कायम गर्नेतर्फ सरकार कमजोर देखियो : प्रचण्ड
वडाध्यक्ष यादवको मृत्युबारे तत्काल अनुसन्धान गर्न अध्यक्ष प्रचण्डको आग्रह
टीआरसी टुङ्गो लगाउने विषयमा ढिलाइ गर्नुहुँदैन : अध्यक्ष दाहाल