काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनको मामिलामा कमजोर देखिएको बताएका छन् । सरकार आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजी-खोजी हान्ने खेलमा लागेको उनको दाबी छ ।
कार्तिक १० गते काठमाडौंमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारीका लागि आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
माओवादी केन्द्र कांग्रेस-एमालेभन्दा भिन्न रहेको उनले स्पष्ट पारे । उनले आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा कसैको दल र अनुहार नहेरेर कारबाही गरेको तर अहिलेको सरकार प्रतिद्वन्द्वीलाई मात्रै प्रहार गर्ने गरी अघि बढेको बताए ।
हिजो मात्रै विपक्षी दलहरूको तर्फबाट बालुवाटारमा ज्ञापनपत्र बुझाउन गएको बेला प्रधानमन्त्रीसँग भएको संवाद सुनाउँदै उनले भने– ‘मैले स्पष्टसँग भनेको थिएँ, तपाईँ र हामीमा फरक के भयो भने हामीले के माओवादी, के कांग्रेस, के एमाले कुनै दल नहेरेर गल्ती गरेको छ भने सबैलाई कानूनबमोजिम ल्याउनुपर्छ भनेर लाग्यौं तर तपाईँहरूले कांग्रेस र एमालेका नेताले गल्ती गरेको छ्याङ्गै देख्दा पनि बचाउनुभएको छ र आफ्नो राजनीतिक प्रतिद्वन्द्वी देख्नुभयो भने खोजी-खोजी हान्नुभएको छ ।’
सरकारले गर्नुपर्ने काम नगरेको तर गर्न नहुने काममा बढी ध्यान दिएको उनले बताए । प्रचण्डले सरकारको ‘हनिमुन पिरियड’लाई ध्यान दिँदै अहिलेसम्म सडकमा नआएको तर अब सरकारको सय दिन पुगेकाले सडक प्रदर्शनमा कार्यक्रम अघि सार्न थालेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ कार्तिक २०८१, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य छः अध्यक्ष दाहाल
प्रचण्डले लिए प्रकाश भुजेलको गाडीको ठक्करबाट ज्यान गुमाएका दम्पतीका छोरीको अभिभावकत्व
वडाध्यक्ष यादवको मृत्युबारे तत्काल अनुसन्धान गर्न अध्यक्ष प्रचण्डको आग्रह
टीआरसी टुङ्गो लगाउने विषयमा ढिलाइ गर्नुहुँदैन : अध्यक्ष दाहाल