एमाले केन्द्रीय कमिटी बैठक जारी, यस्ता छन् कार्यसूची

सफल खबर संवाददाता

मंगलबार, ०५ साउन २०७८, १७ : १३
एमाले केन्द्रीय कमिटी बैठक जारी, यस्ता छन् कार्यसूची

काठमाडौं । एमाले केन्द्रीय कमिटीको हिजोदेखि जारी १० औं केन्द्रीय कमिटीको बैठक आज अपरान्ह ४ बजेपछि पुनः बसेको छ । ललितपुरको च्यासलस्थित तुल्सिलाल स्मृति प्रतिष्ठान भवनमा डाकिएको बैठकमा ९ वटा एजेण्डा राखिएको छ ।

अध्यक्षको सम्बोधन,कार्यदलको १० बुँदे प्रस्ताव अनुमोदन र त्यसको कार्यान्वयनदेखि पार्टीको आगामी भूमिकासम्म उल्लेख गरिएको एजेण्डाको तेस्रो बुँदामा अनुशासनहीन कार्यमा संलग्नहरुसँग स्पष्टिकरण मागिने लेखिएको छ । जुन हिजोको बैठकबाट २४ घण्टे म्याद दिएर सोध्ने निर्णय भएको थियो ।

बैठकले सर्वोच्च अदालतको फैसलाबारे पार्टीको आधिकारिक धारणा बनाउने र यसअघि आफ्नै नेतृत्वमा सञ्चालित सरकारको समेत समीक्षा गर्ने भनिएको छ । प्रदेशको पार्टी अवस्थाबारे जानकारी लिने र निर्वाचनको तयारी गर्ने समेत भनिएको छ ।

जबकि अध्यक्ष केपी ओली नेतृत्वको सरकारले घोषणा गरेको यसअघिका दुई वटै निर्वाचन रोकिएका छन् । अब स्थानीय तहको निर्वाचन आगामी बैशाखमा र संघ तथा प्रदेशको २०७९ मंसीरमा मात्र हुने अवस्था बनेको छ ।

प्रतिक्रिया दिनुहोस