काठमाडौं । पछिल्लो २४ घण्टामा १३ हजार १ सय ३५ जनाको स्वाब परीक्षण हुँदा ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ९५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५० हजार ६ सय ६४ जना पुगेको छ भने पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ७० हजार ९ सय ५३ पुगेको छ ।
यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३४ हजार ९ सय २७ जना संक्रमणमुक्त हुँदा ९ हजार ६ सय ७ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना निको हुने दर ९४ दशमलब ६ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ साउन २०७८, १६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति