समृद्ध नेपाल निर्माणका लागि सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ : प्रचण्ड (भिडियो)

विहीबार, २९ चैत्र २०७४, २१ : ०२

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको सम्वृद्धिका लागि सबै पार्टी एकजुुट हुनुको विकल्प नरहेको बताउनु भएको छ । शुक्रवार भरतपुर महानगरपालिका वडा नम्बर १८ मा रहेका गुञ्जानगर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो ।

अध्यक्ष प्रचण्डले देशमा भएको राजनीति परिवर्तन पनि सबै राजनैतिक दल एक ढिक्का भएर नै संभव भएको बताउनु भयो । अब देश सम्वृद्धिको यात्रामा गइरहेको भएपनि सबै राजनैतिक दलहरु देशलाई सम्बृद्ध बनाउन हिजोको दिनमा जस्तै प्रमुख राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । मुलुकको परिर्वतन गर्न आम एकता हुनुपर्छ ,उहाँले भन्नुभयो,“सम्पुर्ण राजनैतिक दलहरुको एकताले देशमा ठुला ठुुला राजनैति परिवर्तनहरु सफल भएको होे । १२ बुँदे समझदारी देखि संविधान कार्यन्वनसम्म सबै पार्टी मिलेका थियौ ।”

अब देशलाइ समृद्ध बनाउन पनि एक जुट भएर लागे देश विकास गर्न धेरै समय नलाग्ने प्रचण्डले बताउनुभयो । देशलाइ राजनैतिक स्थायित्व सगै ,आर्थिक क्रान्ति चाहिएको छ ,पुर्व प्रधानमन्त्री समेत रहनु भएका दाहालले विकास र समृद्धिको नयाँ अध्याय तिर लाग्ने समय सुरु भएकाले सत्ता पक्ष र प्रतिपक्ष दलहरु एक भएर अगाडी बढ्नुपर्ने उहाँको भनाई थियो ।

अध्यक्ष दाहालले विद्यालयको एक समारोहका बिच स्र्वण स्तम्भको पनि अनावरण गर्न भयो । कार्यक्रमका प्रमुख अतिथि रहनु भएकाले दाहालले विद्यालयको शैक्षिक तथा भौतिक उन्नतीको लागि पुर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस