काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसिरहेको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षका सांसदहरुको बैठक बसेको हो । बैठकमा दुई दर्जन बढी सांसदहरु सहभागी रहेको अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरासियाले बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने, सरकारमा सम्मानजनक सहभागिता, मन्त्रालय बाँडफाँट, संसदीय दलको नेता चयन लगायतका एजेन्डामा छलफलका लागि बैठक बसेको जसपा नेताहरु बताएका छन् ।
जसपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गरेको छ । देउवाले आजै अपराह्न बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ साउन २०७८, १५ : ४१
लेखकबाट थप