कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो, दोश्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय

सफल खबर संवाददाता

आइतबार, ०३ साउन २०७८, १३ : ५९
कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो, दोश्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । बैठकले आजै प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ ।

सिंहदरबारस्थित संसद सचिवालयमा बसेको बैठकमा प्रतिनिधिसभाको आजको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, सरकारले ल्याएको अध्यादेशहरू टेबल गर्ने र शोक प्रस्ताव प्रस्तुत हुने निर्णय भएको छ ।

यस्तै दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।  प्रतिनिधिसभाको बैठक दिउँसो ४ बजे बस्दैछ ।

प्रतिक्रिया दिनुहोस