मन्त्रिपरिषद बैठक सिंहदरबारमा सुरु

सफल खबर संवाददाता

विहीबार, ३१ असार २०७८, १४ : २०
मन्त्रिपरिषद बैठक सिंहदरबारमा सुरु

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो ।

मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद बैठक बोलाउन सिफारिस गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।

यसअघि सर्वोच्च अदालतले आगामी साउन ३ गते संसद बैठक डाक्न परमादेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस