झापामा महिला मृत फेला

सफल खबर संवाददाता

विहीबार, ३१ असार २०७८, १० : ३२
झापामा महिला मृत फेला

झापा ।  झापामा एकजना महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको गौरदाह १ का एक महिला मृत फेला परेकी हुन् । नाम पहिचान नभएकी सन्थाल थरकी ती महिलाको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

खेती मजदूरी गर्दै आएका दम्पतीमध्ये श्रीमान फरार छन् । घटना स्थलमा इलाका प्रहरी कार्यालय गौरदाहको टोली पुगेको छ । उनीहरु अन्यत्रबाट केही दिनअघि सो स्थानमा मजदूरीका लागि आएको बुझिएको वड़ा अध्यक्ष नगेन्द्र भण्डारीले जनाएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस