काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् । अन्दाजी २२/२३ वर्षकी युवती बुधबार दिउँसो होटलको कोठा नम्बर ३ सय ८ मा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार दिउँसो ढोका नखुलेपछि स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा कोठाको ढोका खोलेर हेर्दा युवतीको शव फेला परेको हो । घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौं, काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट घटनाको अनुसन्धन अघि बढाइएको प्रहरीले जनाएको छ । मृतकका आफन्तबाट जाहेरी दरखास्त लिई प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ पुस २०८१, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मृत भेटिए दक्षिण कोरियाली गायक
बर्दियामा मृत अवस्थामा पाटेबाघ फेला
मधेश भवनमै सहिद प्रतिष्ठानका सदस्य यादव मृत फेला
बनेपाको होटलमा युवती मृत फेला
विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला
बल्खुमा मृत भेटिएका व्यक्तिको अनुसन्धानका लागि ६ जना नियन्त्रणमा