पूर्वप्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाको टिप्पणी : ‘आफ्नै पार्टीको सरकार ढाल्ने २३ जना गद्दार’

२३ जनाको नाम पनि गरे सार्वजनिक

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, ०९ : १५
पूर्वप्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाको टिप्पणी : ‘आफ्नै पार्टीको सरकार ढाल्ने २३ जना गद्दार’

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले एमालेभित्रका २३ जनाको गद्दारीले एमाले सरकार ढलेको र काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको आरोप लगाएका छन् ।

थापाले आज बिहान ट्‍वीट गर्दै आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सहित २३ जनालाई  कांग्रेस सभापति देउवाको वैशाखी बनेको भनेका छन् ।

उनले लेखेका छ्न, ‘नेकपा एमाले र अध्यक्षको नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाको वैशाखी बन्‍ने र पहिलो बधाई दिन आतुर माधव कुमार नेपालको निम्ति त यो हर्षविभोर क्षण होला १’, ‘जनादेश विपरित परमादेशबाट श्री शेवदेको प्रममा नियुक्ति “हलो ताछी मुङ्ग्रो” बनाए जस्तै हो । यिनै २३ को गद्दारीको परिणाम त हो १’ भन्दै उनले सरकार ढाल्ने २३ नेताको नामसमेत सार्वजनिक गरेका छन् ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालका विरुद्ध आलोचना गर्दै आएका थापाले २३ गद्दारीको परिणाम भन्दै नाम सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस