जापानले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेका खोप दिने

सफल खबर संवाददाता

मंगलबार, २९ असार २०७८, १४ : २३
जापानले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेका खोप दिने

काठमाडौं । जापानबाट पनि नेपाललाई खोप आउने भएको छ । जापानले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेका खोप दिने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार कोभ्याक्स संयन्त्रमार्फत जापानले खोप दिन लागेको हो । 

जापानले दिने प्रतिबद्धता जनाएको उक्त परिमाणको खोप नेपाल ल्याउने तयारी भैरहेको छ । जापानबाट अस्ट्राजेनेका खोप आएमा पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका १४ लाख ज्येष्ठ नागरिकले लगाउने छन् । 

प्रतिक्रिया दिनुहोस