असार २९ गते देखि भेरोसेल खोप लगाइने

सफल खबर संवाददाता

सोमबार, २८ असार २०७८, २० : ५२
असार २९ गते देखि भेरोसेल खोप लगाइने

काठमाडौँ । सरकारले कोरोनाभाइरस (कोभिड–१९) बिरुद्धको भेरोसेल खोप २९ असार गते अर्थात भोलीदेखि पहिलो मात्रा दिने भएको छ । 

मन्त्रीस्तरीय निर्णयबाट ५५ बर्ष देखि माथिका सबै व्यक्तिलाई भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको हो । यो खोप विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकहरुले समेत यसैपटक भेरोसेल खोप पाउने भएका छन् । 

अत्यावश्यक सेवामा सलंग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुले समेत खोप पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस