काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको आजको आदेशले संघीयता, लोकतन्त्र र संविधानको रक्षा भएको प्रतिकृया दिएका छन् । विपक्षी गठबन्धनका नेता समेत रहेका अध्यक्ष यादवले सर्वोच्चको आदेशपछि प्रतिकृया दिँदै भने, ‘एकपटक पुनः प्रतिगमनको हार भएको हो र अग्रगमनको जित भएको छ ।’ प्रतिगमनकारीहरुले अझै षड्यन्त्र गर्न सक्नेतर्फ सचेत गराउँदै उनले त्यसका लागि सतर्क रहनुपर्ने बताए ।
उनले अब गठबन्धनले संविधान, लोकतन्त्र र संघीयताको रक्षाका लागि काम गर्ने स्पष्ट पारे । ‘गठबन्धनको काँधमा ठूलो जिम्मेवारी आएको छ, देशमा देखिएको अन्योलतालाई अन्त्य गरी सुशासन कायम गर्ने अभिभारा गठबन्धनको काँधमा आएको छ, गठबन्धनको अगामी यात्रा सहमति र सहकार्यको आधारमा अघि बढ्छ’ अध्यक्ष यादवले भने ।
त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य रामेश्वर राय यादवले सर्वोच्च अदालतले लोकतन्त्रको रक्षा गरेर जनताको विश्वास जितेको प्रतिकृया दिए । उनले संसद विघटन भएपछि देशमा एकखालको अन्योलता देखिएको र त्यसलाई अन्त्य गर्नका लागि सर्वोच्चको आदेशले महत्वपूर्ण भूमिका खेलेको प्रतिकृया दिए ।
अदालतको आदेशले एमाले अध्यक्ष केपी शर्मा ओली युगको अन्त्य भएको उनको भनाई छ । ओलीको निरंकुश शासनबाट जनता मुक्त भएकोमा देशमा खुसीयाली छाएको उनले बताए । ‘२०४६ मा निरंकुश पञ्चायती व्यवस्था र २०६२ मा शाही शासनबाट मुक्त हुँदा जसरी जनता खुशी भएका थिए, त्यसरी नै आज ओलीको शासनबाट मुक्त हुँदा नेपाली जनता खुशी भएका छन्’ उनको भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ असार २०७८, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीको ३० वर्षे सेवा अवधिबारे शुक्रबार सुनुवाइ हुने
तलबमान समायोजनसम्बन्धि परमादेशविरुद्ध सरकार पुनरावलोकनमा
एकैखाले मुद्दामा सर्वाेच्चका फरक आदेश, न्यायिक अराजकता कि न्याय निरुपणमा गुटबन्दीको प्रवेश
निजामती कर्मचारीको तलब वृद्धि गर्ने फैसलाविरुद्ध पुनरवलोकनमा गयो सरकार
पूर्व डीआईजी शाहविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन
वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई सर्वोच्च अदालतको आदेश