एमालेलाई दिएको जग्गाबारेको मुद्दाको पेशी चुँडाल र सुवेदीको इजलासमा

सफल खबर संवाददाता

शुक्रबार, ०७ मंसिर २०८१, १३ : ०८
एमालेलाई दिएको जग्गाबारेको मुद्दाको पेशी चुँडाल र सुवेदीको इजलासमा

काठमाडौँ । भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले एमालेलाई जग्गा दिएको विषयमा परेको रिट निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा छलफल हुँदैछ ।

न्यायाधीशहरू डा. कुमार चुँडाल र शारंगा सुवेदीको इजलासमा मुद्दाको पेशी तोकिएको छ ।यसअघि नै न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले प्रक्रिया अघि नबढाउनु भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ । त्यसले निरन्तरता पाउने कि नपाउने भन्ने छलफलका लागि मुद्दाका दुवै पक्षलाई आज बोलाइएको छ ।

कीर्तिपुर नगरपालिकाको मैत्रीनगरमा १० रोपनी १४ आना जग्गामा दसैँको अष्टमीको दिन अर्थात् असोज २५ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले भवन शिलान्यास गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस