काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि एमाले नेता योगेश भट्टराईले त्यसको स्वागत गरेका छन् । ‘सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनःस्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु’, उनले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्।
बदलिएको परिस्थितीमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चितता सहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्तामा संयम र धैर्यताकासाथ अघि बढ्न पनि उनले आग्रह गरेका छन् ।
हिजो भएको १० बुदे सहमतिलाई ईमन्दारिताका साथ कार्यन्वयन गर्दै नेकपा एमाले संसदभित्र र बाहिर पनि एक ढिक्का रहने उनले विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ असार २०७८, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीको ३० वर्षे सेवा अवधिबारे शुक्रबार सुनुवाइ हुने
तलबमान समायोजनसम्बन्धि परमादेशविरुद्ध सरकार पुनरावलोकनमा
एकैखाले मुद्दामा सर्वाेच्चका फरक आदेश, न्यायिक अराजकता कि न्याय निरुपणमा गुटबन्दीको प्रवेश
निजामती कर्मचारीको तलब वृद्धि गर्ने फैसलाविरुद्ध पुनरवलोकनमा गयो सरकार
पूर्व डीआईजी शाहविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन
वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई सर्वोच्च अदालतको आदेश