काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र भूमिगत र छापामार शैलीले चलिरहेको आरोप लगाएका छन।
शुक्रबार माओवादी केन्द्र खारेजीको लागि निर्वाचन आयोगमा परेको निवेदनको सम्बन्धमा बुझ्न अन्य नेताहरूसहित पुगेका नेता रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐन अनुसार नचली भूमिगत र छापामार शैलीले चलेको आरोप लगाए।
२९ वर्षदेखि महाधिवेशन नभएको माओवादी केन्द्रको २०६९ मा नाममात्रैको महाधिवेशन भए पनि त्यसपछि नभएका कारण पार्टी नै अवैध टिप्पणी गरे । उनले अवैध पार्टीले जननिर्वाचित प्रतिनिधिलाई कारबाही गरेको पनि बताए ।
उनले भने, ‘करिब २८, २९ वर्ष सम्म यो पार्टीको कुनै महाधिवेशन भएको थिएन । एउटा महाधिवेशन भएको थियो २०६९ सालमा नाम मात्रैको । २०७८ सालसम्म, ९ वर्षसम्म अर्को महाधिवेशन त्यो पार्टीले गरेको छैन । एमाले, माओवादीको एकतालाई शुन्य समय मानेपनि करिब ७ वर्ष भयो ।’
माओवादी केन्द्रले पार्टीलाई अद्यावधिक गर्न नसकेको बताए । उनले भने, ‘राजनीतिक दलसम्बन्धी ऐनमा प्रत्येक ५ वर्षमा महाधिवेशन गर्नुपर्ने भनेको छ । उसले आफ्नो अद्यावद्यिक गर्न सकिरहेको छैन । त्यस्तो अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गरियो । संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, जनताबाट प्रत्येक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गर्ने ?’
नेता रायमाझीले राजनीतिक पार्टीहरू संस्थागत, वैधानिक र कानुनसङ्गत हुनुपर्ने बताए । देशमा राजनीतिक पार्टीहरूमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा र द्वन्द्व चलेको भन्दै उनले पार्टीहरूलाई सिस्टममा नल्याइ समृद्धि आउन नसक्ने बताए ।
राजनीतिक पार्टीहरूबीचमा सुमधुर सम्बन्ध र स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गर्दै रायमाझीले अन्य राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न आफ्नो पार्टीभित्र आन्तरिक जनवादको प्रयोग गरी स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने पनि बताए। राजनीतिक पार्टीहरूलाई सिस्टममा ल्याउन आफूहरूले माओवादी केन्द्र खारेजीको माग सहित निर्वाचन आयोगमा निवेदन दिएको उनको भनाइ छ ।
नेता रायमाझीसँगै निर्वाचन आयोगमा माओवादी केन्द्रका पूर्व नेताहरू मणि थापा, प्रभु शाह लगायत पुगेका थिए । उहाँहरूले माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा परेको निवेदनको निर्णय छिटो गर्न पनि आयोगलाई आग्रह गरेका छन्
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ असार २०७८, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टोपबहादुर रायमाझीसहितको मुद्दामा आज पनि सुनुवाई हुँदै
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरसहित १० जनाको मुद्दा स्थगितको सूचीमा
अस्पतालमा उपचाररत नेता रायमाझी ‘डिस्चार्ज’
टोपबहादुर रायमाझीको मुटुमा समस्या, अस्पताल भर्ना