आजको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शुक्रबार, २५ असार २०७८, ०८ : ०१
आजको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभरको मौसममा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा  वर्षाको सम्भावना रहेको जनाएको छ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

सुदूरपश्चिम प्रदेशको केही स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।  राति पनि देशभर सामान्य देखि पूर्ण बदली भएर प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस