विश्वका नामुद प्रधानन्यायाधीशहरुको सूचीमा नेपालका श्रेष्ठ पनि सूचीकृत

सफल खबर संवाददाता

विहीबार, २४ असार २०७८, १८ : ३०
विश्वका नामुद प्रधानन्यायाधीशहरुको सूचीमा नेपालका श्रेष्ठ पनि सूचीकृत

काठमाडौँ । विश्वका नामुद प्रधानन्यायाधीशहरुको सूचीमा नेपालका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पनि परेका छन्।क्याम्ब्रिज युनिभर्सिटी प्रेसले प्रकाशन गरेको जर्नलमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठ पनि राखिएको हो। ‘टावरिङ जजेज’ शीर्षकमा उनीसहित अमेरिका, बेलायत, भारत, सिंगापुर, दक्षिण अफ्रिकालगायत देशका नामुद न्यायाधीशलाई सूचीकृत गरिएको छ।

उक्त सूचीमा अस्ट्रेलियाका प्रधानन्यायाधीश सर एन्थोनी मेसन (१९७२–१९५०) भारतका प्रधानन्यायाधीश पीएन भगवती (१९७३–१९८६), दक्षिण अफ्रिकाका प्रधानन्यायाधीश आर्थर चास्कलसन (१९९४–२००५), बेलायतको सर्वोच्च अदालतकी अध्यक्ष लेडी हेल (२००९–२०००), अमेरिकाका प्रधानन्यायाधीश र न्यायाधीशहरू अर्ल वारेन (१९५३ –६९), चाल्र्स इभान्स ह्युजेस (१९३०–४१), विलियम ब्रेनन (१९५६–९०), ह्यूगो ब्ल्याक (१९३७–७१) र ओवेन रोबेट्र्स १९३०–४५ रहेका छन्।

उक्त जर्नलको सम्पादन चाइनिज युनिभर्सिटी अफ हङकङुकी सहप्राध्यापक डा.मारा मालगोडीले गरिकी हुन्। उनलाई नेपालको संविधान, यसको निर्माण प्रक्रिया तथा संवैधानिक र न्यायिक विगतबारे राम्रो ज्ञान छ।

प्रतिक्रिया दिनुहोस