ललितपुर अदालत ५ वर्षभित्र पूर्ण ‘डिजिटाइज’ बनाइने

सफल खबर संवाददाता

विहीबार, २४ असार २०७८, १७ : ११
ललितपुर अदालत ५ वर्षभित्र पूर्ण ‘डिजिटाइज’ बनाइने

काठमाडौँ । ललितपुर जिल्ला अदाललते लक्ष्यभन्दा ४६३ गुणा बदी परिवाना असुल गरेको छ। आर्थिक वर्ष २०७७/७८ का लागि निर्धारण गरिएको लक्ष्यभन्दा धेरै बढी जरिवाना प्रतिवादीहरुबाट असुल गरेको हो।

यस वर्षका लागि अदालतले ५८ करोड ६३ लाख १३ हजार आठ सय ४१ मध्ये तीन करोड १६ लाख ६८ हजार चार सय ८१ रुपैयाँ असुल गर्ने लक्ष्य राखे पनि यो वर्ष १४ करोड ६९ लाख १५ हजार चार सय २५ रुपैयाँ असुल गरेको श्रेष्तेदार विष्णुप्रसाद पाण्डेयले जानकारी दिए।

त्यस्तै कैदतर्फ पनि १४२ प्रतिशत बढी असुल भएको छ। जिल्ला अदालतले यस वर्ष लगतको जम्मा ४२ प्रतिशत मात्रै मुद्दा फर्छौट गरेको छ। ३ हजार आड सय ५६ मध्ये एक हजार ६ सय मुद्दा फैसला भएका छन्।

कोरोना महामारीका कारण मुद्दा फर्छौटमा कमी आएको श्रेष्तेदार पाण्डेयले बताए। गत पुस १ गतेदेखि मात्रै अदालत खुलेको अवस्थामा वैशाखपछि फेरि लकडानउ हुँदा अपेक्षित रुपमा मुद्दा फैसला हुन नसकेको प्रमुख जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीले बताए।

अघिल्लो आर्थिक वर्षबाट आएका १८५५ मध्ये ९६६ अर्थात् ५२ प्रतिशत र चालु आर्थिक वर्षमा दर्ता भएका २००१ मध्ये ६४० अर्थात् ३२ प्रतिशत मुद्दा फैसला भएका छन्। मिलापत्रमा पठाएका मध्ये २५ प्रतिशत मुद्दा त्यसैमार्फत छिानेमाफनो भएका छन्।

इजलासले ५४७ थान मुद्दा मेलमिलापका लागि पठाएको १०८ वटा त्यसैमाफर्त टुंगिएका छन् भने १२२ थान मेलमिलापको प्रक्रियामा रहेका छन्।

त्यस्तै अदालते आफ्ना सबै कागजातलाई डिजिटल फम्र्याटमा लैजाने नीतिमा उल्लेश्य प्रगित आहिस गरेको प्रमुख न्यायाधीश सिवाकोटीले उल्लेख गरे। अदालतमा रहेका ६८ हजार एक सय ४८ थान मिसिलहरु मध्ये ६६ हजार ६ सय ६३ वटालाई सफ्टवेरमा चढाइएको छ।

त्यस्तै अभिलेमामा रहेका मध्ये ५३ हजार २ ६९ थान मुद्दाको कागजात नष्ट गरिएको छ। त्यससमा ११ हजार ६ सय ६२ मिसिलहरुलाई स्क्यान गरी डिजिटलाइज गरिएको श्रेष्तेदार पाण्डेयले बताए। जसमा १९५८ सालदेखिका लगतसमेत रहेका छन्।

पाँच वर्षभित्र अदालतलाई पूर्ण रुपमा डिजिटाइज गर्ने योजना रहेको उनको भनाइ छ। त्यस्तै पोकामा राखिने अभिलेखलाई सुधार गरी व्यवस्थित गर्दै बाकसमा राखिएको छ।अदालतले समय समयमा सेवाग्राहीहरुसँग गुनासा सुन्ने गरेको पाण्डेयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस