संयुक्त विद्यार्थी संगठनले गरे भ्रष्टाचार र महँगीविरुद्ध सिठ्ठी जुलुस

सफल खबर संवाददाता

विहीबार, २४ असार २०७८, १६ : ५३
संयुक्त विद्यार्थी संगठनले गरे भ्रष्टाचार र महँगीविरुद्ध सिठ्ठी जुलुस

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले बिहीबार भ्रष्टाचार र महँगीविरुद्ध सिठ्ठी जुलुस निकालेको छ । ७७ वटै जिल्लामा जुलुस निकाल्ने पूर्वनिर्धारित कार्यक्रमअनुसार विद्यार्थी संगठनले राजधानीमा पनि सिठ्ठीजुलुस निकालेका हुन् । 

राजधानीको माइतीघरमा भेला भएका विद्यार्थी संगठन सिठ्ठी बजाउँदै नयाँ बानेश्वरसम्म पुगेका थिए । विद्यार्थी सङ्गठनहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै आजै नेपाल आयल निगमलाई ज्ञापन पत्र समेत बुझाएका थिए । 

सरकारको विरोध गर्दै आन्दोलित बन्नेमा नेपाल विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँ रहेका छन् । 

प्रतिक्रिया दिनुहोस