आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बावु पक्राउ

सफल खबर संवाददाता

विहीबार, २४ असार २०७८, १२ : ४३
आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बावु पक्राउ

सांकेतिक तस्वीर

स्याङजा । आफ्नै  एघार वर्षीया छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बावु पक्राउ परेका छन्। घरमा बसिरहेकी छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा फेदिखोला गाउँपालिकाका ४८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो। 

असार २२ गते बिहान साढे ७ बजेतिर जबरजस्ती करणी गरेको आरोपसहितको उजुरी परेको आधारमा  पक्राउ गरिएको प्रहारी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। 

प्रनाउ अधिकारीका अनुसार अदालतले आरोपितलाई जबरजस्ती करणीमा मुद्धा चलाइएको र बुधबारदेखि ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस