विराटनगर । ब्राउन सुगर र दोहरो नागरिकताको मुद्दा खेप्दै आएका भारतीय नागरिक राजकुमार सिंहले नक्कली बुवा बनाएर नेपाली नागरिकता लिएको खुलेको छ । नेपाली नागरिकतामा बुवा बनाएका ठाकुरप्रसाद सिंह पनि भारतीय नागरिक भएको प्रमाण सप्तरी प्रहरीले फेला पारेको हो।
सुनसरीको धरानमा ब्राउन सुगरसहित पक्राउ परेका राजकुमार सिंह माथि दोहरो नागरिकता लिएको प्रमाण सप्तरी प्रहरीले फेला पारेको केही दिनपछि उनले नक्कली बुवा बनाएको ठाकुरप्रसाद सिंह पनि भारतीय नागरिक भएको खुलेको हो। मंसिर १९ गते सुनसरीको धरानमा ७७ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका सिंह भारतीय नागरिक हुँदाहुँदै नेपाली नागरिक भएको प्रमाण सप्तरी प्रहरीले भारतमा नै गरेर ल्याएको थियो।
सिंह सप्तरीको तत्कालीन पकरी गाविस–२ निवासी भनिए पनि उनको नेपाली नागरिकता नै किर्ते रहेको रहस्य बाहिर आएपछि सप्तरी प्रहरीले सुरु गरेको अनुसन्धानमा भारतीय नागरिक रहेको प्रमाण फेला परेको पारेको थियो। सप्तरीको पकरी गाउँविकास समितिबाट बनाएको नागरिकतामा बुवा बनेका ठाकुरप्रासद भारत बिहारको राज जिरोगा ग्राम पञ्चायत अन्तर्गत भरफोरी ग्राम र थाना आन्द्रामण्ड र जिल्ला मधुवनी निवासी भएको प्रमाण फेला सप्तरी प्रहरीले गरेको छ ।
ग्राम पंचायत राज जिरोगाका मुखिया नुतन कुमारीले सप्तरी प्रहरीलाई उनी भारतीय नागरिक भएको उनको भारतमा दुई छोरा रहेको प्रमाणीत गरेर दिएकी छिन् । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २४ असार २०७८, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाइडेनलाई मार्न ह्वाइट हाउसमा ट्रक आक्रमण गर्ने भारतीय नागरिकलाई ८ वर्ष जेल सजाय
कैलालीमा नदीमा डुबेर भारतीय नागरिक बेपत्ता
अवैध सुनसहित भारतीय नागरिक पक्राउ
अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय नागरिक पक्राउ