बढ्यो सुनको मूल्य, आज कति छ प्रतितोला ?

सफल खबर संवाददाता

बुधबार, २३ असार २०७८, ११ : ४३
बढ्यो सुनको मूल्य, आज कति छ प्रतितोला ?

काठमाडौं । केही दिनयता लगातार बढिरहेको सुनको मूल्य बुधबार थप ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले बढ्दै ९२ हजार २०० रुपैयाँ पुगेको हो । 

गत मंगलबार बजारमा सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

 यस्तै, आज तेजाबी सुनको मूल्य समेत ४०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । 

तर, यता चाँदीको मूल्य भने गत मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घट्दै आज एक हजार ३२० रुपैयाँमा झरेको महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस