काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की स्थायी समिति सदस्य पम्फा भुसाललाई मातृशोक परेको छ । उनकी आमा इन्द्रकलाको आज बिहान ९३ वर्षका उमेरमा आफ्नै निवास ललितपुरमा निधन भएको हो ।
उनको निधनप्रति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन् । अध्यक्ष दाहालले आज सन्देश दिँदै दिवङ्गत आमाप्रति श्रद्धाञ्जलि अर्पणका साथ नेत्री भुसाललगायत शोक सन्तप्त सम्पूर्ण परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले पनि स्व।भुसालप्रति पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जलि अर्पण गर्नुभएको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २१ असार २०७८, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक भइसक्यो : पम्फा भुसाल
एमाले नआए पनि समाजवादी मोर्चा अगाडि बढ्छ : पम्फा भुसाल