सुनको मुल्य बढ्यो, कति पुग्यो तोलामा ?

सफल खबर संवाददाता

आइतबार, २० असार २०७८, ११ : ५९
सुनको मुल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य थप २ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ सय रुपैयाँले वृद्धि हुँदै ९१ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

गत शुक्रबार प्रतितोला ५ सय रुपैयाँले वृद्धि हुँदै सुन बजारमा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला २ सय रुपैयाँले वृद्धि हुँदै ९१ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, यता चाँदीको मूल्य समेत गत शुक्रबारको तुलनामा प्रतितोला १५ रुपैयाँले वृद्धि हुँदै आज एक हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस