काठमाडौं । ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको ४७ औं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार बिहान दुई क्वाटरफाइनल खेल समपन्न भएपछि सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो ।
जसमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो ।अर्को खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३ -० ले हरायो ।
यही दुई टिम अर्जेन्टिना र कोलम्बिया दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।त्यसअघि घरेलु टोली ब्राजिलले पेरुसँग पहिलो सेमिफाइनल खेल्नेछ । २०१९ मा भएको संस्करणमा ब्राजिलले पेरुलाई नै पराजित गर्दै उपाधि जितेको थियो ।
विश्वको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपामा दक्षिण अमेरिकाका १० राष्ट्रलाई दुई समूह्यमा विभाजन गरेर खेलाइएको थियो । जसमा समूह ‘ए’बाट अर्जेन्टिना मात्र सेमिफाइनल पुग्न सफल भएको छ । समूह ‘बी’ बाट ब्राजिलसँगै पेरु र कोलम्बिया सेमिफाइनल पुगेका हुन् ।
अब ब्राजिल र पेरुबीचको खेल मंगलबार बिहान नेपाली समय अनसार ४:४५ बजे सुरु हुनेछ । यस्तै अर्जेन्टिना र कोलम्बियाबीचको खेल बुधबार बिहान ६:४५ बजे सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० असार २०७८, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि
अर्जेन्टिनालाई रोक्दै २३ वर्षको उपाधि खडेरी तोड्न चाहन्छ कोलम्बिया
कोपा अमेरिका : सडन डेथमा जित्दै क्यानाडा सेमिफाइनलमा
उरुग्वेको कोपा अमेरिकामा लगातार दोस्रो जित
भेनेजुएला लगातार दुई खेल जित्दै कोपा अमेरिकाको क्वाटरफाइनलमा
कोपा अमेरिकामा उरुग्वेको विजयी शुरुवात