एजेन्सी । उरुग्वेले जारी कोपा अमेरिकामा विजयी शुरुवात गरेको छ । समुह सी अन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा उरुग्वेले पानामालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
उरुग्वेको जितमा म्याक्सिमिलियानो अराउजो, डर्विन नुनेज र माटियास भिनाले एक एक गोल गरेका थिए । त्यस्तै पानामाका लागि एक गोल माइकल अमिर मुरिलोले गरेका थिए ।
यो जितपछि उरुग्वेले समुह सी मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । अब उरुग्वेले दोस्रो खेलमा जुन २८ मा बोलिभियाको सामना गर्ने छ भने पानामाले सोहि दिन अमेरिकासँग खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ११ असार २०८१, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि
अर्जेन्टिनालाई रोक्दै २३ वर्षको उपाधि खडेरी तोड्न चाहन्छ कोलम्बिया
कोपा अमेरिका : सडन डेथमा जित्दै क्यानाडा सेमिफाइनलमा
उरुग्वेको कोपा अमेरिकामा लगातार दोस्रो जित
भेनेजुएला लगातार दुई खेल जित्दै कोपा अमेरिकाको क्वाटरफाइनलमा
कोपा अमेरिका : पेरु र चिलीबीच गोलरहित बराबरी