कारोना अपडेट : २ हजार ३ सय २८ जनामा संक्रमित पुष्टि, १९ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १९ असार २०७८, १६ : २४
कारोना अपडेट : २ हजार ३ सय २८ जनामा संक्रमित पुष्टि, १९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय २८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै १९ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार १३३ जनाको परीक्षण हुँदा २ हजार ३ सय २८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ३ हजार ६६ जना संक्रमण मुक्त भएको मन्त्रालयले शनिबार जानकारी दिएको छ । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ४३ हजार ५८० (पीसीआर) र ३७ हजार ५५६ (एन्टिजेन) जना पुगेको छ भने निको हुनेको संख्या ६ लाख ६६ हजार ६६६ पुगेको छ । यस्तै मृतकको कुल संख्या ९ हजार १९८ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस